काठमाडौं, जेठ १७ । राष्ट्रपति बिद्यादेवी भण्डारीले जनता बचाउन कोरोनाबिरुद्धको खोप ल्याउन पहल गर्दा पूर्वमन्त्री भीम रावलबिरुद्धमा उत्रनु भएको छ । जनता बचाउने काममा राष्ट्रप्रमुख लाग्दा रावलले कडा आपत्ति जनाउनु भएको हो ।
रावलले राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाउनु भएको छ । रावलले राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलप्रति आपत्ति जनाउँदै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन भएको जिकिर गर्नुभएको छ ।
‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ,’ लामो समय एमालेमा रहेर सुदुरपश्चिमको तर्फबाट हालीमुहाली गर्दै आउनु भएका रावल पछिल्लोपटक कम्फर्टेवल सरकार बनाउने अभियानमा लागेर कम्युनिष्ट आन्दोलन बचाउनका खातिर नेपाली कांग्रेसलाई सत्ता बुझाउनै पर्ने अभियानको नेतृत्वकर्ता हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन बार्ता गरी १० लाख डोज कोरोना खोपको सुनिश्चितता गर्नुभएको छ । राष्ट्रपति भण्डारीको बार्तालगत्तै चिनियाँ राष्ट्रपतिले नेपाललाई तत्कालै १० लाख खोप उपलब्ध गराउने घोषणाअनुसार खोप लिन आज राती नेपाल बायुसेवा निगमको बिमान चीन जाँदैछ । मंगलवार खोप आइपुग्ने छ ।
राष्ट्रपति भण्डारीले भारत, अमेरिकाका राष्ट्रपति र बेलायती महारानीलाई जतिसक्दो चाँडो कोरोनाबिरुद्धको खोप उपलब्ध गराइ दिन पत्राचार गर्नुभएको छ । कोरोना महामारीबाट नेपाली जनतालाई बचाउन खोपको पहल गर्दा पूर्वमन्त्री रावल चिढिनु भएको हो । राष्ट्रपतिको यही अति प्रसंसनीय कामको समेत रावलले बिरोध गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्