जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १७:४९

निको हुने दर बढ्दै, आज ६ हजार ४९१ संक्रमणमुक्त


काठमाडौं, जेठ १७

नेपालमा आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन् । त्यस्तै आज ४ हजार ७६२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन् ।

देशभर १ लाख ६ हजार ४७० जना संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ।