जनता टाइम्स

१८ जेष्ठ २०७८, मंगलवार ०८:०३

नेता भीम रावललाई सूर्य थापाले दिनुभयो कठोर जवाफ


काठमाडौँ, जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेबाट निष्कासित नेता भीम रावलको मानसिक स्वास्थ्यप्रति गम्भीर टिप्पणी गर्नुभएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोग माग्दै विदेशी समकक्षीलाई पत्राचार गर्नु संविधानविपरीत भएको भनेर विरोध गरेपछि प्रेस सल्लाहकार थापाले रावलको मानसिक स्वास्थ्यप्रति नै शंका व्यक्त गर्नुभएको हो ।
थापाले सोमबार राति सामाजिक सञ्जालमा अंग्रेजीमा लेख्नुभएको छ ,  ‘partially Head Damaged!’ अर्थात् आंशिक रूपमा मगज बिग्रिएको !

नेता रावलले आज दिउँसो ट्विटरमा लेख्नुभएको छ , ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले के प्रम र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।’

यही ट्विट संलग्न गरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जवाफी ट्विट गरेका हुन्, ‘भीम रावल, पीएचडीको ट्विटले स्पष्ट गरेको छ–  ‘-Parcially Head Damaged! चीनका राष्ट्रपतिसँग भर्चुअल संवाद, भारत,अमेरिका, रुसका राष्ट्रपति र बेलायतका महारानीसँग राष्ट्रप्रमुखको हैसियतमा समकक्षीलाई पत्राचार– राष्ट्रपतिज्यूले उचित पहल गर्नुभएको छ। देशमा कोभिडविरुद्ध खोप त चाहिएकै छ।’