काठमाडौं, जेठ १८
नेपालमा आज ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ। यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो।
देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।
आज थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ। देशभर १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज ६८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ७ हजार ४५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।













प्रतिक्रिया दिनुहोस्