जनता टाइम्स

१८ जेष्ठ २०७८, मंगलवार २०:०६

भीम रावलको त्यो कामपछि प्रतिवादमा उत्रिए योगेश


काठमाडौं, जेठ १८ । एमाले नेता योगेश भट्टराईले पार्टी नेता तथा पूर्वमन्त्री भीम रावल आफ्नो आदर्शबाटै च्यूत भएको तथ्य खोलिदिनु भएको छ । पछिल्लो समय जनताको भन्दा फेसबुक र ट्वीटरमा चर्चा कमाउने गरी आपत्तिजनक अभिब्यक्ति दिँदै आउनु भएका एमालेका निलम्बित नेता रावलले राष्ट्रपति बिद्यादेवी भण्डारीले जनताको जीवन बचाउन कोरोना खोप ल्याउने पहल गर्दासमेत बिरोध गरेपछि त्यस्को प्रतिवाद गर्दै नेता भट्टराईले रावल बदमास नै रहेको आसयसहित आफ्नो धारणा राख्नुभएको छ । रावलको नामै नलिई भट्टराईले राम्रो काम गर्दा पनि बिरोध गरेको भन्दै जवाफ दिनुभएको हो ।

कुनै बेला मिडियामा बन्दुके कमरेडको नामबाट परिचित पूर्वगृहमन्त्री रावलले केही समययता गणतन्त्रको हुर्मत लिँदै संबिधानले खडा गरेका सम्मानित संरचनाबिरुद्ध धावा बोल्दै आउनु भएको छ । कतैतिरको मिसनअनुसार गणतन्त्र सकाउने योजनासहित रावल राष्ट्रपति संस्थासहित न्यायालयमाथि निरन्तर धावा बोल्दै आउनु भएको छ । यही क्रममा रावलले राष्ट्रपतिमाथि बिषबमन गरेपछि आम नागरिकसँगै योगेशले पनि प्रतिवाद गर्नुभएको हो ।

‘राजनीतिक बिषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संबिधानले नै सीमावद्ध गरिदिएको छ । सामाजिक सदभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने कि,’ रावलको बिरोधको जवाफ दिँदै भट्टराईले भन्नुभएको छ । पछिल्लो समय एमालेबाट भविश्य भएका नेताहरुलाई लाइन लगाएर अलग भई कांग्रेस वा माओवादीतिर जाने योजना बनाउनु भएका रावलले प्रचण्ड र देउवालाई खुसी बनाउन राष्ट्रपतिबिरुद्ध अभियान छेडेको आरोप लाग्दै आएको छ ।