जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार १३:४७

कोभ्याक्स कार्यक्रमका लागि जापानले ८ सय मिलियन आर्थिक सहयोग गर्ने


काठमाडौं, जेठ १९

जापान सरकारले कोभ्याक्स कार्यक्रमका लागि थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। गरिब राष्ट्रहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने कार्यक्रमलाई सघाउन जापानले थप आर्थिक सहयोग गर्ने भएको हो ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख गरिएको छ।

जापानले यसअघि पनि कोभ्याक्स कार्यक्रमका लागि २ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको थियो। खोपको आवश्यकता भएका राष्ट्रहरुलाई समान रुपमा खोप उपलब्ध गराउने कार्यक्रमका लागि जापानले सहयोग थप गर्ने भएको समाचारमा उल्लेख छ ।