काठमाडौं, जेठ १९
काभ्रेको धुलिखेल नगरपालिकाले कोभिडबाट मृत्यु भएका मृतकका परिवारलाई दाह संस्कार गर्न रु. १५ हजार आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज धुलिखेल नगरपालिकाको पालिका स्थरीय बैठकले उक्त रकम मृत्यु भएकाको शव व्यवस्थापन गर्न दिइने निर्णय गरेको हो ।
नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले मृत्यु भइसकेकाहरुका लागि शव व्यवस्थापन गर्न पालिकाले उक्त रकम दिने घोषणा गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन दाह संस्कार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।’

सरकारले जारी गरेको कोरोना संक्रमित भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधिले पनि सदगद् गर्नुपूर्व आफ्नो परम्पराअनुसार शवलाई नछोई जल छर्कने, पाठ गर्ने वा फूलमाला चढाउने जस्तो क्रियाकलाप गर्न सक्ने र शव हेर्न चाहेमा नछोइकन कम्तीमा एक मिटर टाढाबाट हेर्न दिन मिल्नेछ भनिएको छ।













प्रतिक्रिया दिनुहोस्