काठमाडौं, जेठ १९
नेपालमा आज ७ हजार २१९ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत हो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । नेपालमा आज ५ हजार ३१६ जनालाई संक्रमण पुष्टि भएको छ ।
आजको संक्रमणदर ३१.५ प्रतिशत रहेकाे छ । अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ । हाल देशभर १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ । देशभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
उपत्यकामा १,४५६ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्