सिन्धुलि, जेठ १९
सिन्धुली जिल्ला अस्पतालको कोभिड अस्पताल र ब्लड बैंक (रेड क्रस) लाई अर्चना सर्जिकल सप्लायर्सले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। यसअघि पनि सर्जिकल हाउसले विभिन्न अस्पताल र आईसोलेसन केन्द्रहरुमा स्वास्थ्य सामाग्री बितरण गर्दै आएको थियो । समाज सेवा गर्दै आएको सप्लायर्स हाउसले सिन्धुलिमा आज कोभिड–१९ को नयाँ भेरिअन्ट संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षा सतर्कतामा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री र हस्तान्त्रण गरेको हो ।

फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीले निरन्तर स्वास्थ्यसामग्रीको अभावमा भोग्नु परेको समस्याको मध्यनजर गर्दै आफूहरुले सहयोग गरेको सप्लायर्सका निर्देशक अनिल खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्लामा दोश्रो चरणको कोभिड–१९ को संक्रमण तिव्ररुपमा फैलिरहेको छ । यस संक्रमणको रोकथामका लागी स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सर्जिकल सामाग्रीहरुको अभाव नहोस् भन्ने उद्देश्यले सर्जिकल मास्क, स्यानीटाईजरलगायतका सामाग्री उपलब्ध गराईएका हौं ।’

संयुक्तरुपमा गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी अमिर खतिवडा र पर्यटन व्यवसायी एवं समाजसेवी सुमन काफ्ले पनि सहभागी रहनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्