जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार १७:०१

५ हजार ९०४ जनाले जिते कोरोना


काठमाडौं, जेठ २०

नेपालमा आज ५ हजार ९०४ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ७५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ ।

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको थियो ।