काठमाडौं, जेठ २१
नेपालमा आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ दशमलब ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ४ लाख ७६ हजार १३० जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै आज देशभर ६ हजार ६५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।
देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्