काठमाडौं, जेठ २३
नेपाललाई डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप प्रदान गर्ने भएको छ । डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिनुभयो ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्रचार गरिसकेको थियो ।













प्रतिक्रिया दिनुहोस्