जनता टाइम्स

२३ जेष्ठ २०७८, आईतवार १७:०५

राष्ट्रपतिबाट स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी


काठमाडौ, जेठ २३

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नागरिकको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि पछिल्लो समय आक्रमण बढ्न थालेपछि त्यसमा संलग्नलाई कडा कारवाहीको प्रावधानसहित कानूनको माग बढेको थियो ।