जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १७:५५

अध्यादेश अनुसार नै बीर अस्पताल चल्छ : स्वास्थ्यमन्त्री तामाङ


काठमाडौं, जेठ २४

स्वाथ्यमन्त्री शेर बहादुर तामाङले कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अध्यायदेश अनुसार नै चल्ने बताउनुभएको छ । स्वास्थ्य मन्त्रीमा नियुक्त हुनु भएपछि भर्चुअल मार्फत गर्नुभएको आज पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै सम्मेलन गर्दै उहाँले अध्यादेश कोरोना महामारी चलुञ्जेलका लागि रहेकाले वीर अस्पताल अध्यायदेशले प्रदान गरेको व्यवस्था अनुसार नै चल्ने बताउनुभयो ।

उहाँले कोरोना महामारीमा न्याम्स र वीर भन्नुभन्दा पनि संक्रमण नियन्त्रणतर्फ एकतावद्ध हुनपर्ने र न्याम्स भनेपनि वीर भनेपनि दुबै सरकारी अंग रहेकाले पदाधिकारी बीच विवाद हुनुपर्ने कारण नै नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले न्याम्सले अध्ययन तथा शिक्षण गतिविधि सञ्चालन गर्ने बताउनुभयो । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशले कोरोना उपचार तथा नियन्त्रणका लागि केन्द्रिय अस्पतालको व्यवस्था गरेको छ । अध्यादेशअनुसार केन्द्रिय अस्पताल वीरले देशभर रहेका कोभिड अस्पतालहरुसँग समन्वय गरि काम गर्ने जिम्मा पाएको छ ।