काठमाडौं, जेठ २४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षदेखि ४४ वर्षका युवाहरुलाई निशुल्क कोरोनाको भ्याक्सिन लगाउने घोषणा गरेका छन् । आज राष्ट्रका नाममा संवोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । उहाँले गरेको घोषणा अनुसार २१ जुनबाट निशुल्क खोप लगाउने कार्य सुरु गरिनेछ । अब विभिन्न राज्यहरुले बढाएको खोप अभियान स्थगित गरी केन्द्र सरकारले नै सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब राज्य सरकारहरुले खोपका लागि एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । सबै केन्द्र सरकारले व्यहोर्छ ।’हाल भारतमा खोपका ५० प्रतिशत काम केन्द्र सरकार, २५ प्रतिशत राज्य सरकार र २५ प्रतिशत निजी क्षेत्रले गर्दै आएको छ । अब ७५ प्रतिशत हिस्सा केन्द्र सरकार र बाँकी निजी क्षेत्रले लिने नीति सरकारले लिएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्