जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार ११:२२

आजदेखि कोभिड खोप लगाइँदै, आज कुन उमेरका व्यक्तिले पाउने ?


काठमाडौं, जेठ २५

आजदेखि देशभर कोरोना वरिुद्धको चिनियाँ खोप भेरोसेल खोप अभियान हुँदैछ। चीन सरकारद्वारा अनुदानमा १० लाख डोज उपलब्ध भएपछि आजदेखि खोप अभियान सुरु गर्न लागिएको हो। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार देशव्यापी रूपमा स्थानीय तहको समन्वयमा ६० देखी ६४ वर्ष उमेर समूहका व्यक्तहिरुलाई कोरोनावरिुद्धको खोप लगाइने कार्यक्रम रहेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका लक्षित समुहलाई खोप दिइने बताउनुभयो । घि संचालन भएको खोप अभियानमा भेरोसेलको पहिलो मात्रा दिई उपत्यका बाहिर भएको कारण वा अन्य कारणले दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरुलाको खोप कार्डको अनुगमन गरी दोस्रो मात्रा खोप दिन समेत निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले तिब्बतसँग सीमा जोडिएका हिमाली जिल्लाका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जनाएको छ। खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जानसमेत उहाँले आग्रह गरिएको छ। यसैबीच, काठमाडौँ महानगरपालिकाले आजदेखि ३२ वटै वडामा कोरोनावरिुद्धको खोप केन्द्र सञ्चालन गरी खोपको पहिलो मात्रा दिने तयारी गरेको छ। महानगरपालिकाले तय गरेका खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाइ कोरोनावरिुद्धको भेरोसेलको पहिलो मात्रा दिने गरी तयारी गरिएको हो।

खोप कार्यक्रमको तालिका

जेठ २५ गते : ६४ वर्ष
जेठ २६ गते : ६३ वर्ष
जेठ २७ गते : ६२ वर्ष
जेठ २८ गते : ६१ वर्ष
जेठ २९ गते : ६० वर्ष

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धति वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ।