जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार १६:४३

यसकारण एकछिन बन्द भयो न्युयोर्क टाइम्स, गार्डियन, अमेजन वेबसाइट


काठमाडौं, जेठ २५

आज दिउँसो संसारकै प्रतिष्ठित मिडिया न्युयोर्क टाइम्स, द गार्डियन, फानान्सिय टाइम्सलगायतका वेबसाइट बन्द भएको थियो । संसारभरि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र व्यापारिक र तथा सरकारी कार्यालयका वेबसाइट केही समय नखुलेपछि सामाजिक सञ्जालमा व्यापकरुपमा चर्चा समेत भयो ।

द गार्डियनले आफ्नो ट्विटर ह्यान्डलबाट वेबसाइट र एपमा केही समस्या देखिएको जानकारी दिएपनि समाचार संस्था रोयटर्सले संसारका चलेका वेबसाइट नचल्नुका पछाडिको कारण के हो भन्ने पत्ता नलगागेको जनाएको छ। केहीले ह्याक भएको होकी भनेर आशंका समेत व्यक्त गरेका थिए ।

केही समयको अवरोधपछि वेबसाइटहरू पुनः खुल्न थालेका छन्। द गार्डियनका युके प्रविधि सम्पादक एलेक्स हर्नले ट्वीटरमा स्टाटस लेख्दै फास्टली भन्ने कम्पनीको समस्याले यस्तो भएको बताउनुभयो । फास्टली क्लाउड कम्प्युटिङ सर्भिस प्रोभाइडरको सेवा लिएका वेबसाइटमा समस्या भएपछि बिबिसीलगायतले अर्को कम्पनीको सेवा लिएका थिए।