काठमाडौं, जेठ २५
कोरोना भाइरस संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखी बिरामी हुने क्रम बढेको छ । कोभिडपछि देखिने स्वास्थ्य समस्यालाई वेवास्ता गर्दा कतिपय अवस्थामा बिरामीमो मृत्युसमेत हुने भएकाले स्वास्थ्यसंस्था पुगिहाल्न चिकित्सकले सुझाएका छन् ।
चिकित्सकहरुका अनुसार विशेषगरि कोरोनामुक्त भएको ४ हप्तापछि स्वास्थ्यमा केही समस्या देखिए वा लक्षण देखिए त्यसलाई पोष्ट कोभिड भएको बुझ्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि अलि-अलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु चाँही नपर्ने चिकित्सक बताउँछन् ।
कोभिडपछि देखिने स्वास्थ्य समस्यालाई वेवास्ता गर्दा कतिपय अवस्थामा बिरामीमो मृत्युसमेत हुने भएकाले स्वास्थ्यसंस्था पुगिहाल्न चिकित्सकले सुझाएका छन् ।
- सास फेर्न धेरै गाह्रो हुने
- निद्रा नलाग्ने झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षणहरु देखा पर्ने
- थोरै समय हिँड्दा पनि स्वाँ(स्वाँ हुने
- धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने
- एकाएक रक्तचाप बढ्ने वा घट्ने
- कालो ढुसीका लक्षणहरु देखिने
जस्ता डिप्रेसनका लक्षणहरु देखा पर्न सक्छ । यस्तो बेला स्वास्थ्यकर्मीको परामर्श लिइ उपचारका लागि अस्पताल जानुपर्दछ ।














प्रतिक्रिया दिनुहोस्