जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार १७:२२

५ लाख नाघ्यो निको हुनेको संख्या, आज ६५७० संक्रमणमुक्त


काठमाडौं, जेठ २५

नेपालमा आज कोरोना जित्नेको संख्या ५ लाख नाघेको छ । आज ६ हजार ५७० जनाले कोरोना जितेसँगै कोरोना भाइरस परास्त गर्नेको संख्या ५ लाख नाघेको हो । यस तथ्यांकसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०८ जना संक्रमितको मृत्यु भएको छ । अहिले ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको थियो । अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।