काठमाडौँ, जेठ २५ । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई वर्वाद पार्यो भन्नेहरु नै ओलीलाई अझ बलियो बनाउँदै गरेको बताउनुभएको छ ।
कांग्रेस, माओवादी तथा उपेन्द्र समूहको जसपाले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाली लोकतान्त्रीक व्यवस्थालाई नै गंभिर संकटामा पुर्याएको भनि आरोप लगाइरहेको प्रति इंगित गर्दै अध्यक्ष थापाले चुनाव नै अहिलेको समस्या समाधानको बाटो भएको बताउनुभयो । जनताको अभिमतबाट सरकार परिवर्तनको ढोका खुल्ला गर्नुपर्ने तर्फ लक्षीत गर्दै अध्यक्ष थापाल कांग्रेस, माओवादीसहितको गठबन्धनले षड्यन्त्रको त्रास देखाएर रोदन जारी राखेको बताउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘‘@kpsharmaoli ले देश वर्वाद पारे भनि अरण्यरोदन गर्नेहरू ओलीलाई नै बलियो बनाउने काममा लागेका छन्।चुनावबाट ओली हटाउने सहज, छिटो र प्रजातान्त्रिक बाटो छोडेर विपक्षहरू अदालत र सडक धाउँछन् । फेरि ओलीलाई बलियो बनाएर फर्कन्छन्,षडयन्त्रको त्राश देखाएर रोदन जारी राख्छन् । चुनाव उपयुक्त विकल्प हो ।’













प्रतिक्रिया दिनुहोस्