जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार २१:३५

प्रधानमन्त्रीद्धारा कालिकोट वासीलाई धन्यवाद


कालिकोट, जेठ २५ । राष्ट्रिय प्रसारण लाइन विद्युत लाइनमा जोडिएपछी प्रधानमन्त्री केपी ओलीले कालिकोट वासीलाई धन्यवाद दिनुभएको छ ।
नेकपा एमाले कालिकोटका पार्टी अध्यक्ष नगिन्द्र शाही (नेशनल) संगको फोनमा प्रधानमन्त्री ओलीले लामो समयपछी कालिकोट र कर्णाली वासि अन्धकारबाट मुक्क्त भइ उज्यालो तर्फ लम्कीएको भन्दै कालिकोट वासिहरुलाई धन्यवाद दिएको दिनुभएको हो । कर्णाली वासिहरुको मागहरुको सम्वोधन आफ्नो सरकारले पुरा गरेको भन्दै पहल र माग गर्ने कर्णालीका नेता र आम नागरिकलाई धन्यवाद दिनुभयो ।