काठमाडौं,जेठ २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन गर्नुभएको आह्वानलाई पूर्वबरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अस्वीकार गरेपनि दास्रो तहका नेताहरुले एकताको सघन पहल थाल्नुभएको छ । अध्यक्ष ओलीले गरेको एकता प्रस्ताव नेता नेपालले अस्वीकार गरे पनि सोही समुहमा रहनुभएकादोस्रो तहका नेताहरु संस्थापनसँग घनीभूत संवादमा जुटनुभएको हो ।
एकता जोगाएर अघि बढनकै लागि ललितपुरको समिट होटलमा मंगलबार दुवै पक्षका नेताहरूले लामो छलफल गरेका छन । छलफलमा संस्थापनबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली ततथा माधव समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई रभीम आचार्य सहभागी हुनुभएको थियो । माधव नेपाल एकता भन्दा कांग्रेस र माओवादीको बफादार बनिरहँदा सो समुहका पाँच जना प्रभावशाली नेता एकताकै पक्षमा उभिएर बार्तामा बस्नुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार छलफल निकै सकारात्मक रहेको छ । ‘पार्टी एकताको पक्षमा सार्थक छलफल भइरहेको छ, यो निरन्तर जारी रहन,’ नेता नेम्बाङले भन्नुभयो । सहभागी नेताहरुका अनुसार सो छलफलमा एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने निश्कर्ष निकालिएको छ ।













प्रतिक्रिया दिनुहोस्