काठमाडौं, जेठ २६
पछिल्लो समय कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा तिव्र रुपमा फैलिएको छ । शहरमा केही कम भएपनि गाउँमा संक्रमण बढ्दा फेरि गाउँबाट शहरमा फैलने त्रास फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले अझै पनि ४६ भन्दा बढी जिल्लामा ५०० सयभन्दा बढी सक्रिय संक्रमित रहेको र गाउँमा संक्रमण बढ्दै गएको पाइएको बताउनुभयो । उहाँका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा संक्रमित धेरै छन् ।
पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुंगा, तेर्हथुम, सिराहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासि पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय संक्रमित बढेकाले गाउँ–गाउँमा कोरोना फैलिएको बताउनुभयो । यसरी गाउँमा संक्रमण बढिरहेकाले लक्षण देख्नेबित्तिकै परीक्षण गरिहाल्न र आइसोलेटेड भएर बस्न सबैलाई आग्रह गर्नुभयो ।
संक्रमणपछि बालबालिकामा यस्ता लक्षण देखिए के गर्ने ?
मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम (एमआइएससी) कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । यो सामान्यत कोरोना संक्रमण भएको २ देखि ४ हप्तापछि देखा पर्छ ।
यसका लक्षणहरु
- आँखा रातो हुनु
- सास फेर्न गाह्रो हुनु
- घाँटी दुख्नु
- पेट दुख्नु
- ज्वरो आउनु
- पखाला लाग्नु
- छाला, ओठ वा नङ निलो हुनु
- शरीरमा डाबर आउनु
- थकान महसुस हुनु, यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन । तर यो कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ ।














प्रतिक्रिया दिनुहोस्