जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार १९:३४

सुत्केरी लीलाका लागि बरदान बन्यो राष्ट्रपति महिला उत्थान कार्यक्रम : सैनिक हेलिकोप्टरमार्फत आकस्मिक उद्धार


काठमाडौं, जेठ २६ । रक्तश्राब नरोकिएकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको पहलमा ती सुत्केरीको आज दिउँसो उद्धार गरिएको हो ।

दुप्चेश्वर गाउँपालिकाका प्रमुख योविन्द्रसिंह तामाङका अनुसार गाउँपालिकाको वडा नम्बर १ घ्याङ्गफेदीकी २० वर्षीय लीला तामाङको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमको निशुल्क हवाई उद्धारमा सुत्केरीको उद्धार गरिएको जानकारी दिनुभयो ।

तामाङकोको राजधानीको थापाथली अस्पतालमा उपचार भइरहेको छ । गाउँमा स्वास्थ्यकर्मीले रक्तश्राव रोक्नका लागि अनेक प्रयास गर्दा पनि सफल नभएपछि हवाइ उद्धार गरिएको जनाइएको छ । यस क्षेत्रबाट यसरी सरकारले निःशुल्क हवाइ उद्धार गरेर ज्यान जोगाउने दोस्रो महिला हुनुहुन्छ ।