जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १८:०९

५२९३ जनाले जिते कोरोना, ५९ को गयो ज्यान


काठमाडौं, जेठ २७

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । आजको यस तथ्यांकसँगै हालसम्म नेपालमा ५ लाख १५ हजार ५ सय ९१ जनाले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा ५९ जनाले कोरोनाकै कारण ज्यान गुमाउनुभएको छ ।

हालसम्म कोरोनाकै कारण ८ हजार २३८ को ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै हाल ६१६जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ । २०७७ माघ १० गते पहिलो पटक एक जनामा देखिएको संक्रमण हालसम्म आइपुग्दा ६ लाख नाघेको मन्त्रालयले जनाएको हो ।

आज ३ हजार ७४९ जनालाई संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना निको भएका छन् । पछिल्लो २५ घण्टामा ९ हजार ९०१ जनाको पीसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण भएको थियो ।