जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार १७:५७

बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन


काठमाडौं, जेठ २८

चिकित्सा शिक्षा आयोगले बीएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिएको छ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो । यसअघि काठमाडौं विश्वविद्यालयले बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस दिएको थियो ।

आयोगको अध्यक्ष प्रधानमन्त्री केपी ओलीले बैठकमा अध्यक्षता गर्नुभएको थियो । सम्बन्धनको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी रहेको छ । यता विदेशमा गएका डा. गोविन्द केसीले बीएन्डसीलाई सम्बन्धन दिए नेपालमा आएर अनसन बस्ने बताएका छन् ।