काठमाडौं, जेठ २९ । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नुपर्ने भनेर आपत्तिजनक अभिव्यक्ति दिने कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने बताउनुभएको छ ।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। भारतका गोड्सेलाई महात्मा गान्धीको हत्या गरेको आरोप लाग्दै आएको छ।
‘कांग्रेस सांसद नरोत्तम बैद्यलेले वागमती प्रदेशसभाको रोस्टममा उभिएर प्रधानमन्त्री केपी ओलीलाई मार्नका लागि अरुलाई पनि उक्साउँदै आफू महात्मा गान्धीलाई मार्ने नाथुराम गोड्से जस्तै ओलीलाई मार्न तयार रहेको घोषणा गर्नुभएको छ,।
नेता रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘मान्छे मार्छु’ भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्छ । प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र? आधिकारिक ठाउँमा अभिलेखमा रहेका यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन।’














प्रतिक्रिया दिनुहोस्