काठमाडौं, जेठ २९
आज नेपालमा ६ हजार २९५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभरी गरी कोरोनाका कारण ६१ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।
त्यस्तै नेपालमा आज ३ हजार ३८४ जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५०६ पीसीआर र ५९८८ जनाको एन्टीजेन परीक्षण भएको थियो । त्यस्तै आज काठमाडौं उपत्यकामा ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ९१, लतिलपुरमा १ सय ३० र भक्तपुरमा ७७ गरी ५ सय ९८ जनामा कोरोना पुष्टि भएको हो ।













प्रतिक्रिया दिनुहोस्