काठमाडौं, जेठ ३० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुण्डा नाइके र अपराधी भनेकोमा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङ्गेसँग माफी माग्नुभएको छ । तात्कालिन मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले मन्त्री नियुक्ति गरेलगत्तै अपराधीलाई मन्त्री भन्दै बक्तब्य दिनुभएका भट्टराईले मनाङ्गेलाई भेटेरै माफी माग्नुभएको तथ्य आफैले सार्वजनिक गर्नुभएको हो । भट्टराईले सामाजिक सञ्जालमा मनाङ्गेसँगको तस्विरसहित बिगतमा आफूले दिएको अभिब्यक्ति गलत रहको स्वीकारसहित दिपकलाई नेताका रुपमा सवैले मान्नुपर्ने तर्क गर्नुभएको छ ।
यस्तो छ बाबुरामको प्रष्किरण
राजीव गुरूंग (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। मेरो सुविचारित र अनुभवजन्य मान्यता छ, कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अतः अपराधरअपराधी एक सापेक्ष अबधारणा हो।
मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ, नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन: अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफु प्रम छँदा मैले जेलसुधारका निम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?













प्रतिक्रिया दिनुहोस्