काठमाडौं, जेठ ३०
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुन्जप्रसाद जोशीको हस्ताक्षर भएको सिफारिस पत्र डव्लुएचओमा पुगेको जानकारीपछि विवाद भएको छ । जोशीले सुर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ठ काम गरेको भन्दै नाम नै नसुनेको कम्पनीलाई अवार्ड दिन सिफारिस गरेपछि सुटुक्क सेटिङ गरेको कामको फ्ल्यास भएको हो । विश्व धूमपानरहित दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले दिएको अवार्ड दिएको हो । डब्लुएचओले यसबर्ष नेपालबाट डिजिटल बोर्डकास्ट इनिसेटिभ ईक्वेल एक्सीस भन्ने संस्थालाई ‘वर्ल्ड नो टोवाको डे ‘ अवार्ड दिएको थियो ।
डव्लुएचओको यो निर्णयपछि नेपालमा सुर्ति नियन्त्रण सम्वन्धी अभियानमा क्रियाशिल संघ संस्थाहरुसमेत आश्चर्यमा परेका थिए । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु भने यस कुरामा अनविज्ञ रहेको बताएपनि केही समयपछि अवार्डका लागि त मन्त्रालय अन्तरगर्तकै सञ्चार केन्द्रले सिफारिस गरेको कुरा थाहा भएपछि मन्त्रालयले गत शुक्रबार नै ईक्वेल एक्सीसलाई के आधारमा सिफारिस गरियो भन्दे तीन दिने स्पष्टीकरण सोधेको छ । सूचना केन्द्रको निर्देशक डा. राधिका थपलियाले तीन दिनको म्याद तोकेर शुक्रबार नै पत्र आएको भन्दै सम्वन्धित शाखाका अधिकारीहरुसंग जानकारी लिएर जवाफ दिने बताउनुभयो ।
यसअघि नै सुर्तिजन्य नियन्त्रण सम्वन्धि अभियानमा नामै नसुनिएको संस्थालाई अवार्ड दिएपछि अभियन्ताहरुले मन्त्रालयका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै मन्त्रालयले कदम चालेर डव्लुएचओको नेपाल कार्यालयसंग जानकारी मागेको र सो क्रममा डव्लुएचओले स्वास्थ्य शिक्षा प्रशासक जोशीले उक्त संस्थालाई अवार्डका लागि सिफारिस गरेको जवाफ दिएको थियो । उक्त जवाफपछि मन्त्रालयले सूचना केन्द्रलाई स्पष्टीकरण सोधेको हो ।













प्रतिक्रिया दिनुहोस्