काठमाडौं, जेठ ३०
नेपालमा आज ३ हजार ९९४ जना कोरोना मुक्त हुनुभएको छ । सोही अवधिमा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । जसमध्ये काठमाडौं उपत्यकामा ६५३ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या घट्दै गएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको थियो । जसमा पीसीआरमा १६९४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको हो ।













प्रतिक्रिया दिनुहोस्