जनता टाइम्स

१ असार २०७८, मंगलवार ००:१२

१८३५ एमबीबीएस र बिडिएस ५५५ सिट, कुन मेडिकल कलेजलाई कति सिट ? (सूचिसहित)


काठमाडौं, असार १

चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएसलगायतका चिकित्साशास्त्रका शैक्षिक कार्यक्रमको सिट निर्धारण गरेको छ । शुक्रबार बसेको आयोगले बैठकले शैक्षिक सत्र २०७७/०७८ का लागि मेडिकल कलेजहरुको सिट निर्धारण गरेको हो । आयोगले बिडिएसतर्फ ५५५ सिट विभिन्न मेडिकल कलेजहरुलाई बाँडफाँड गरेको छ भने एमबीबीएसतर्फ १८३५ सिट विभिन्न कलेजहरुलाई निर्धारण गरिएको छ । पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान जुम्लाले एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ ।

कर्णालीले एमबीबीएसमा २० सिट अध्यापनको अनुमति पाएको छ । यस्तै, स्थापनाको ४४ वर्षपछि पहिलोपटक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १ सय सिट एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । अधिकांश मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि १ सय सिट पाएका छन् । चिकित्साशास्त्रतर्फका शैक्षिक कार्यक्रमको सिट निर्धारणको अधिकार नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा शिक्षा आयोगमा गएपछि पहिलो पटक सिट निर्धारण भएको हो ।

कुन कलेजलाई कति सिट ? हेरौं सिट निर्धारण संख्या