रामेछाप, असार १
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएसँगै रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा थप १ हप्ता लम्ब्याइएको छ । आज जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञाको अवधि ९ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले असार ९ गतेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय भएको जानकारी दिनुभयो । डीसीसीएमसीले जिल्लामा खाद्यान्न तथा अन्य खालका पसलहरु सञ्चालन गर्न थप सहज बनाउने निर्णय गरेको छ ।















प्रतिक्रिया दिनुहोस्