काठमाडौं, १ असार । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका अनुसार मेलम्ची नदीमा आएको बाढीले त्यहाँको जनधनको क्षति भएको छ।उहाँका अनुसार हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ। ‘हताहत भएको भन्ने छ, तर यही अवस्था छ भनेर बुझ्न पाइएको छैन,’ प्रजिअ अरूण पोखरेलले भन्नुभयो । उनका अनुसार मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पसेको छ। साँझ ७ बजेपछि बाढी गाउँमा पसेको हो।‘त्यहाँ बसोबास रहेको केही स्थानीयको क्षेत्रमा बाढी पसेको बुझिएको छ,’ पोखरेलले भन्नुभयो , ‘नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको क्याम्प पनि बगाएको कुरा आएको छ।’ हताहतीको शंका गरिए पनि अहिले विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
हेलम्बुमा पहिरो : सेना, सशस्त्र प्रहरी र प्रहरीको क्याम्प बगायो













प्रतिक्रिया दिनुहोस्