जनता टाइम्स

२ असार २०७८, बुधबार ११:४४

मेलम्चीको होटलमा फसेका दुई जनालाई सेनाको हेलिकोप्टरबाट गरियो उद्दार


सिन्धुपाल्चोक, असार २। मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए । सेनाको बिशेष टोलीले हेलिकोप्टरबाट उनीहरुको उद्धार गरेको हो ।