जनता टाइम्स

२ असार २०७८, बुधबार १६:५४

देशभर आज ३०८२ संक्रमित निको, २८२८ मा संक्रमण पुष्टि


काठमाडौं, असार २

आज नेपालमा २८२८ हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ को परीक्षण गर्दा २ हजार ८२८ कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ हजार ८२ जना निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ३७ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ५ लाख ४३ हजार ५२१ निको भएका छन् । त्यस्तै हालसम्म नेपालमा ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।