जनता टाइम्स

३ असार २०७८, बिहीबार १०:१२

सेजलको बलात्कारपछि प्रेमीले नै ज्यान लिएपछि….


झापा, ३ असार । सेजल कोइरालाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका मृतक अरुण राईलाई प्रहरीले म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । २८ बर्षीय राईलाई बुधबार जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानको लागि ७ दिनको म्याद थप गराएको हो । मृतक सेजलका बुबाले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा आफ्नी छोरीको बलात्कारपछि हत्या भएको दाबी गर्दै जाहेरी दिनु भएको थियो । उक्त किटानी जाहेरीको आधारमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

इलाम देउमाई–४ मंगलबारे घर भई दमक–५मा डेरा गरी बस्ने १९ बर्षीया सेजल दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोग्राफी तेस्रो बर्षमा अध्ययनरत् थिइन् । सेजलको गत जेठ २६ गते साँझ रहस्यमय मृत्यु भएको थियो । अरुण राई र उनका साथीहरुले सेजल बिरामी भएको भन्दै लाइफलाइन अस्पताल लगेका थिए । अस्पताल पु¥याए लगत्तै चिकित्सकले सेजलको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतकको घाँटी, चिउँडोमुनि निलडाम देखिएको छ । थप अनुसन्धानका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । पोष्र्टमार्टम रिपोर्टमा घाँटीको भित्री भागमा विभिन्न चोटपटकहरु रहेको प्रतिवेदन प्राप्त भएको प्रहरीले जनाएको छ ।