काठमाडौँ, ३ असार । संघिय सरकारले उद्धारका लागि पठाएको सेनाको हेलिकप्टर होल्ड गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङको अवलोकनमा जानुभएको छ । गृह मन्त्रालयले मनाङ लगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल सहित मन्त्री दिपक मनाङे पनि हुनुहुन्छ ।
उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री पोखरेलको टोली अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। केन्द्र सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले बुधवार मात्रै मनाङ नासोङ गाउँपालिकामा बाढीबाट प्रभावित बनेका करिब सय जनालाई उद्धार गरेको थियो । आज पनि हेलिकप्टर मनाङकै बाढी प्रभावित क्षेत्रमा खटिइरहेको थियो । २४ जना उद्दार गरि बाँकी १८ जना उद्दार गर्न जानुपर्ने हेलिकप्टरलाई मुख्यमन्त्रीले पोखरा बोलाउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्