जनता टाइम्स

४ असार २०७८, शुक्रबार ०८:५९

महानगरबारे मुख्यमन्त्री पोखरेलले दिए जवाफ


बुटवल, असार ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले महानगरपालिका घोषणाको बिषयमा भइरहेको बिवादबारे जवाफ दिनुभएको छ । पूर्वाधारबिनाको महानगरपालिका काम नभएको भन्दै आफ्नै गृहजिल्ला दाङमा समेत बिरोध भएपछि मुख्यमन्त्री पोखरेलले जवाफ दिनुभएको हो ।

‘लुम्बिनी प्रदेशमा अहिलेनै तीन महानगर घोषणा गरेको होईन, संभाबित महानगरको लागि ब्यवस्थित पुर्बाधार बिकाशको योजना र कार्यक्रम अघिसारेको हो,’ बिवादबारे मुख खोल्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।