जनता टाइम्स

४ असार २०७८, शुक्रबार १७:१४

थप २७६८ जनालाई कोरोना पुष्टि, ४०२० निको


काठमाडौं, असार ४

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ५६९ पीसीआर र ४ हजार ४६८ जनाको एन्टीजेन गरि जम्मा १३ हजार ३७ परीक्षण भएको छ ।

जसमा पीसीआरमा १९६३ र एन्टीजेनमा ८०५ जनालाई पोजेटिभ देखिएको हो । आज काठमाडौं उपत्यकामा ५०८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० गरी ५ सय ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।