काठमाडौं, असार ४ । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।
मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । पानी नपरे पनि बाढी आएको छ, शिरतिर पानी पर्यो कि भन्ने आशंका छ,’ सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले भन्नुभयो ।
बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका रहेको उहाले गर्नुभयो । पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको अधिकारीले बताउनुभयो ।
‘तर, के कस्तो क्षति भएको छ भन्ने विवरण आएको छैन,’ उहाँले भन्नुभयो । मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ। नदी आसपास रहेका खाली घरहरूलाई भने बाढीले क्षति पुर्याउन सक्ने आँकलन गरिएको छ। भोटेकोसी नदीमा पनि पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले मेलम्चीमा फेरि बाढी आएको र सतर्क रहन अपिल गरिएको प्रहरीले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्