जनता टाइम्स

६ असार २०७८, आईतवार ०७:४७

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार, अक्सिजनको सपोर्ट हटाइयो


काठमाडौ, असार ६ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको ज्वरो र खोकी ठीक भएको छ । खनालको स्वास्थ्यका बारेमा प्रत्यक्ष भेटेर कुरा गर्नुभएका उहाँका भान्जा गोपाल आचार्यका अनुसार उहाँको अक्सिजनको सपोर्ट समेत हटाइएको छ ।

उहाँको अन्य समस्याको उपचार जारी रहेको छ । स्वास्थ्यमा समस्या भएपछि खनाललाइ नर्भिक अस्पतालबाट असार २ गते दिल्ली लगिएको थियो । उहाँको दिल्लीको अपोलो अस्पतालमा उपचार भइरहेको छ ।