जनता टाइम्स

६ असार २०७८, आईतवार १२:०८

कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री तप्त विष्टको निधन


सुर्खेत, असार ६

पुर्व सञ्चार राज्यमन्त्री तथा संविधान सभा सदस्य समेत नेपाली कांग्रेस सुर्खेतका नेता तप्त विष्टको कोरोना संक्रमणबाट निधन भएको छ। कोरोना संक्रमणपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत विष्टको आज बिहान निधन भएको विष्टका भाई दल विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौं ल्याएपछि अवस्था झन जटिल बनेको थियो ।

उपचारकै क्रममा आज बिहान पाँच बजे निधन भएको हो । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट संविधानसभा सदस्य, पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री हुनुहुन्थ्यो । विष्ट नेपाली काँग्रेस सुर्खेतका पार्टी सभापति तथा जिल्ला विकास समितिका उप सभापति समेत हुनुहुन्थ्यो ।