जनता टाइम्स

७ असार २०७८, सोमबार १२:२०

आज ज्वाला संग्रौला उर्फ टीका संग्रौलामाथिअर्को मुद्दापनि लाग्दै


काठमाडौं, असार ७ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा श्रीमानसहित पक्राउ परेकी ज्वाला संग्रौला उर्फ टीका संग्रौलामाथि अर्को मुद्दा पनि चलाउने तयारी भइरहेको छ । कुटपिट गरेको आरोपमा पक्राउ परेकी संग्रौलालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको हो ।उनलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने स्रोतले बताएको छ । कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र उसनका श्रीमान हिमाल उपाध्यायलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसबाहेक प्रहरीलाई गरेको रंगभेदी टिप्पणीमाथि पनि अनुसन्धान गर्ने तयारी गरेको बताइएको छ । ज्वालाले आफूलाई नागरिक अभियन्ता बताउँदै आएकी छन् । असई मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेपछि उनी थप विवादमा तानिएकी थिइन् ।