काठमाडौं, असार ४
आज ३१ सय ३० जना कोरोना संक्रमण मुक्त हुनुभएको छ । योसँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जनाले कोरोनालाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार २९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाकै कारण ४६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ जना पुगेका छन् ।त्यस्तै आज काठमाडौं उपत्यकामा ३७९ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा २८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनालाई संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौं उपत्यकामा १० हजार २९२ सक्रिय संक्रमित छन् ।
आज ६ हजार ५८३ पीसीआर र ४३२१ जनाको एन्टीजेन गरि १० हजार ९०४ जनाको कोरोना परीक्षण भएकोमा पीसीआरमा १५८४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ । योसँगै नेपालमा ६ लाख ४९ हजार ९४८ जनालाई संक्रमण पुष्टि भएको छ जसमा ५ लाख ५९ हजार ९२८ जना निको भएका छन् भने ८ हजार ७७२ जना निको भएका छन् ।













प्रतिक्रिया दिनुहोस्