जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १६:३८

टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु


सुर्खेत, जेठ २९

टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भरीगंगा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको छ ।

उहाँ लेकवेशी नगरपालिका–७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक /सम्पादक हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिवसमेत रहनुभएका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ ।

मोटरसाइकलमा सवार उहाँलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।