काठमाडौं, असार ८
उपत्यकामा आज ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ गरी ४ सय ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै देशभरमा आज ४ हजार ९५४ जनाले कोरोना संक्रमणलाई जित्नु भएको छ । आजको यो तथ्यांकसँगै हालसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जित्नुभएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ । १६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा ६ लाख २६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ । आज ४१ जनाले कोरोनाबाटै ज्यान गुमाउनुभएको छ । अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्