काठमाडौं, असार ९
अङकोलोजिष्ट डा. सदिना श्रेष्ठको फोक्सोको क्यान्सरबाट निधन भएको छ । विगत ३ वर्षदेखि उहाँ क्यान्सरबाट पीडित उहाँको हिजो साँझ मृत्यु भएको हो । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंको प्याथोजिष्टका रुपमा कार्यरत उहाँको श्रीमान् जय श्रेष्ठ पनि मेडिकल अंकोलोजिष्ट नै हुनुन्छ ।
डा. जयले श्रीमती सदिनालाई महान योद्धाको संज्ञा दिदैं हरेक दु:ख, पीडाबीच पनि जीवनप्रति सधैं शान्वना, समानता र सकारात्मक सोच कायम राख्ने गरेको स्मरण गर्नुभयो । उहाँले डा. सदिनाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै दुखद घडीमा साथ सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्