जनता टाइम्स

९ असार २०७८, बुधबार १४:२७

यूटुवमा भाइरल युवती सन्तोषीको क्रुरतपूर्वक हत्या, मृतकको भित्री बस्त्र टाढा, घटनास्थलमा पुरुषको भित्री बस्त्र


काठमाडौं, असार ९ । दक्षिणकाली मन्दिर परिसरको जंगलमा हत्या गरिएकी युवती कालोपुल निवासी यूटुवमा भाइरल बनेकी सन्तोषी सुब्बा रहेको पत्ता लागेको छ । महानगरीय अपराध महाशाखाका अनुसार २७ वर्षकी सुब्बाको हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सुब्बा कालोपुलमा बसोबास गरिरहेका धनबहादुर तामाङकी धर्मछोरी भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार सुब्बा असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ । त्यसदिन उनले बुवा धनबहादुरलाई फोन गरी ६ गते घर आउँछु भनेकी थिइन । मृतक सन्तोषी चराचुरूङ्गी तथा जीवजन्तुको आवाज दुरूस्तै निकालेर दुनियाँलाई चकित पार्थिन । उनी यूटुवमा भाइरल बनेकी थिइन ।
युट्युबमा उनले त्यस्तो कला देखाएर धेरैलाई आफ्नो परिचय दिँदा सानो उमेरमा हराएको र तामाङकहाँ धर्मछोरी बसेको बताउने गरेकी थिइन ।

सन्तोषीको शव मंगलबार बिहान दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा भेटिएको थियो । च्याउ टिप्न गएका दुई महिलाले शौचालयमा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । सन्तोषीको सलले घाँटी कसेर हत्या गरी ढुंगाले हिर्काएर अनुहार क्षतविक्षत पारिएको छ । प्रहरीका अनुसार सन्तोषीको करङ भाँचिएका छन ।

उनको दाहिने छातीतर्फका दुई वटा करङ भाँचिएको प्रहरीको भनाई छ । यस्तै घाँटी बेस्सरी कसेको पाइएको छ । प्रहरीका अनुसार सुब्बाको मृत शरीरमा टु पिस लुगा थियो भने भित्री वस्त्र (पेन्टी) घटनास्थलबाट केही टाढा फालिएको थियो । घटनास्थलमा छोरा मान्छेले लगाउने पेन्टी फेला परेको थियो। प्रहरीले घटनाको प्रकृति हेर्दा अत्यन्तै क्रुरतापुर्वक हत्या गरिएको बताएको छ ।