जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १७:०१

दुई बोरा अवैध गाँजा बरामद


सिरहा, २९ जेठ

सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेका छ ।

विशेष सूचनाका अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदह नजिक रहेको बलान खोलाको छेउबाट तयारी अवस्थामा राखी राखेको दुई बोरा गाँजा बरामद गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

प्रहरी आएको सूचना पाएपछि गाँजा तस्करहरु गाँजाको बोरा फालेर फरार भएका निरीक्षक कार्कीले जानकारी दिनुभयो ।